सन् २०२४ अहिलेसम्मकै गर्मी वर्ष हुने क्रममा छ संयुक्त राष्ट्रसंघ

काठमाडौँ। संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले सन् २०२४ विश्वकै सबैभन्दा गर्मी वर्ष हुने क्रममा रहेको बताएको छ ।

डब्ल्यूएमओले जनवरी र सेप्टेम्बर बीचको विश्वव्यापी औसत तापक्रम १९औँ शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस बढी रहेको जनाउँदै उक्त निष्कर्ष निकालेको हो।

सन् २०१५ मा पेरिसमा भएको सम्मेलनबाट २०० देशहरूले जलवायु परिवर्तनको नराम्रो प्रभावलाई कम गर्ने आशामा तापक्रमको बढ्दो स्तरलाई सीमित राख्न प्रयास गर्ने वाचा समेत गरेका थिए।

मौसम विज्ञान संगठनले त्यसलगायत अन्य चिन्ताजनक निष्कर्षहरू पनि सार्वजनिक गरेको छ । महासागरहरू छिटो तातिरहेका छन् भने हिमनदीहरू पग्लने क्रम पनि बढ्दो अवस्थामा छ। सन् २०२३ मा विश्वका हिमनदीहरूबाट टुक्रिएका बरफको मात्रा सन् १९५३ मा मापन सुरु भयायताकै उच्च थियो ।

त्यस्तै समुद्री सतह पनि बढ्दै गएको छ। सन् २०१४ देखि २०२३ सम्म विश्वव्यापी औसत समुद्री स्तर प्रति वर्ष ४.७७ मिलिमिटरले बढेको थियो, जुन १९९३ र २००२ बीचको दरभन्दा दोब्बर हो ।

जलवायु वैज्ञानिकहरूले धेरै वर्षदेखि यी विषयहरूमा विभिन्न अनुसन्धानहरू गर्दै आइरहेका छन् भने प्रतिकूल हुँदै गएको चेतावनी समेत दिँदै आइरहेका छन् ।

  • Related Posts

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-