समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीज्यू आज ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित २२औं राष्ट्रिय ज्यापु दिवस तथा यःमरि पुन्हिसम्बन्धी कार्यक्रममा सहभागी भएकी छन् । 

काठमाडौँको वसन्तुपरमा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा उनले विशेष सम्बोधन गर्दै यो दिवस नेपालको मौलिक संस्कृति, कृषि परम्परा र नेवारी पहिचानलाई झल्काउने दिवस भएको र  यस दिवसले हामीलाई ज्यापु संस्कृति तथा योमरी पुन्हिको महत्त्वलाई सम्झाउने बताएकी छन् ।

उनले भनिन्- ‘उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ । यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ। हामी सबै मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास एवं संवर्धन सम्भव छ। ज्यापु संस्कृति विकास कोषले यस दिशामा गरिरहेको अथक प्रयासका लागि म विशेष धन्यवाद दिन चाहन्छु ।’

प्रधानमन्त्री कार्कीले सरकारबाट प्राप्त सानो रकमको आर्थिक सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले दुई दशकभित्र निकै उपलब्धिहरु हासिल गरेको बताउदै सम्बन्धित टोल गुठीहरु, स्थानीय समुदाय तथा संस्थामा कार्यरत लगनशील व्यक्तिहरुको इमान्दार प्रयासबाट यो उपलब्धि भएको बताइन् ।

उनले काठमाडौँ महानगर क्षेत्रभित्र गुठी सस्ंथान मातहतमा रही ज्यापु समुदायले सञ्चालन गरेका नित्यपूजा, आरती, खटजात्रा, देवीनृत्य लगायत विभिन्न ५०० भन्दा बढी गुठीहरु रहेको उल्लेख गर्दै स्थानीय तहका सरकारको समेत आर्थिक सहयोगबाट रथ जात्राहरु र चाडपर्वहरु मनाउन सहयोग पुगिरहेको बताउदै परम्परागत चाडपर्व तथा संस्कृति प्रवर्धन गर्न गुठी तथा स्थानीय तहको भूमिका विशेष रहको मलाई लागेको छ। 

संस्कृतिलाई पर्यटनसित जोडेर विश्व बजारमा प्रवर्धन गर्न खोजिरहेको सन्दर्भमा हाम्रा मौलिक निधिहरुको जगेर्ना गर्न विशेष ध्यान दिनु पनि आवश्यक रहेको बताएकी छन् । 

उनले भनिन्- नागरिकहरुबीच एकआपसमा सद्भाव, पुर्खाहरुको सम्मान र युवाहरुलाई प्रोत्साहन गर्न पनि यस्ता सास्ंकृतिक अभियानहरुको आवश्यकता छ। यस दिशामा तपाईँहरुले खेलिरहनुभएको भूमिका उल्लेख्य छ। यसमा सरकारबाट निरन्तर सहयोग हुने विश्वास पनि दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घटनाहरुबाट पाठ सिक्नुपरेको भन्दै मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस-वास-कपासको सुनिश्चितताको माग गरेको बताइन । 

उनले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सबैको दायित्व भएको बताउदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको बताइन ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता हुने भएको छ ।  दुई पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 7 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 15 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 13 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 6 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय