सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौंमा ‘सम्पत्ति शुद्धीकरण विरोधी र आतंकवादको वित्तपोषणविरुद्ध लड्ने समसामयिक मुद्दाहरू’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले सम्मेलन आयोजना गरेको हो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल हाल एफएटीएफको ‘ग्रे-लिस्ट’मा रहेको सन्दर्भमा सम्पत्ति शुद्धीकरण निवारणका लागि बैंकिङ, बीमा, पुँजीबजार, सहकारीलगायत सबै सरोकारवाला निकायको साझा प्रतिबद्धता आवश्यक रहेको बताए । उनले ग्रे-लिस्टलाई चुनौतीका साथै आन्तरिक संयन्त्र सुदृढीकरण गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए ।

बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले नियामकीय तथा सुपरिवेक्षकीय अभ्यास मजबुत बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र मङ्गोलियाका विज्ञहरूको सहभागिता रहेको छ । पहिलो दिन नेपालमा एएमएल/सीएफटीको वर्तमान अवस्था र व्यापारआधारित सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल छलफल सम्पन्न भएको थियो । दोस्रो दिन नियामकीय उपकरण, ग्रे-लिस्टबाट बाहिरिने अनुभव तथा वित्तीय जानकारीको प्रयोगसम्बन्धी विषयमा थप कार्यपत्र र छलफल हुने कार्यक्रम रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल ग्रे-लिस्टमा परेको अवस्थालाई मध्यनजर गर्दै कानुनी, नीतिगत तथा कार्यान्वयन पक्ष सबलीकरणका लागि सम्मेलन परिणाममुखी हुने अपेक्षा गरिएको छ ।

  • Related Posts

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । अमेरिका, इजरायल र इरानबीचको संघर्षका कारण एक सातामै कच्चा तेलको मूल्य करिब २७ प्रतिशतले बढेको हो…

    इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट

    काठमाडौँ । इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट भएको खबर सार्वजनिक भएको छ । सञ्चारमाध्यमका विवरणअनुसार जोर्डनस्थित एक सैनिक हवाई अड्डामा रहेको अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा राडार प्रणाली आक्रमणमा…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो