‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’

सिरहा । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता लिलानाथ श्रेष्ठले वर्तमान सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको बताएका छन्।सिरहाको नवराजपुरमा एमाले गाउँपालिका कमिटीद्वारा विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा इद पर्वको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले हुलाकी सडक तथा अन्य सडकको कालोपत्र, नाली निर्माण, पालिका भवन निर्माणलगायतका संरचना बनाउन संघीय सरकारले प्राथमिकतामा राखेको छ भने ।

उनले भने, “तराई मधेस समृद्ध कार्यक्रमअन्तर्गत सुनकोसी कमला डाइभर्सन परियोजना अबको लक्ष्य हो । यसबाट मधेसको हजारौँ बिघा खेतीयोग्य जग्गा सिँचाइ गरी यहाँका किसानको उत्थान हुने हामीले विश्वास लिएका छौँ ।”

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवामा प्रदेश सरकार अग्रसर रहेको बताए ।

कार्यक्रममा सांसदहरू श्यामशङ्कर यादव, गङ्गाप्रसाद यादव, संविधानसभा सदस्य आशाकुमारी यादव, एमाले मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव, सुखीपुर नगरप्रमुख रामअवतार यादव ,भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव, नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवलगायत सिरहाको विकासमा एकजुट हुन आग्रह गरेका थिए ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 49 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 76 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-