सरसफाईमा थप कडा बन्दै वीरगंज महानगर, सचेतना अभियान सँगै पर्चा पम्प्लेट टाँस्न रोक-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १८ भदौ । सरसफाईलाई दिगो र प्रभावकारी बनाउन वीरगंज महानगरपालिका कडा एक्सनमा उत्रिएको छ ।
जरिबाना मार्फत शहर सर सफाई लाई क्लिन बनाउँदै आएको महानगरले अब माइकिङ मार्फत टोल टोलमा पुगेर सचेत गराउन पनि सुरु गरेको हो । सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै टोल टोलमा पुगेर सचेत गराउन थालिएको सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँले जानकारी दिएका छन् ।

नगरलाई सफा स्वच्छ राख्ने नगर प्रमुखको सोच बमोजिम सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै माइकिङ मार्फत टोल टोलमा पुगेर नागरिक स्तरमै सचेतना जगाउने कार्य सुरु गरिएको उनले बताए ।

‘जरिबाना मात्रै नभई नागरिकलाई फोहोर गर्नु हुँदैन भन्ने धारणा वृद्धि गराउन सचेतना गराउने अभियान थालिएको हो,’ उनले भने ‘यो अभियान अन्तर्गत हरेक दिन हामी टोल टोलमा पुगेर नागरिकलाई सचेत गराउने छौँ ।’
यसका साथै महानगरले सडकका पोल र भित्तामा जथाभावी पर्चा पम्प्लेट टाँस्न रोक लगाएको छ । शहरलाई अशोभनीय बनाएको भन्दै महानगरले नगर सचेतना अभियान थाल्दै पर्चा, पम्प्लेट र होडिङ्ग बोर्ड जथाभावी लगाउन रोक लगाएको हो ।

पछिल्लो समय विभिन्न विज्ञापनहरुको पर्चा पम्प्लेट विद्युत पोल, सडक तथा भवनका भित्ताहरुमा टाँस्ने गरिएको छ । कलेजहरुले पनि विज्ञापनका होडिङ बोर्ड तथा ब्यानरहरु राख्ने गरेका छन् । तर अब कुनै पनि व्यक्ति वा संघ संस्थाले अनुमति नलिई जथा भावी रुपमा पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउन नपाउने महानगरले बताएको छ । कसैले टाँसेको पाइएमा उसलाई कारबाही गर्नुका साथै त्यसमा लेखिएको संस्थालाई पनि कारबाही हुने शाखा प्रमुख मियाँले बताए ।

  • Related Posts

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ०६:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोक…

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, बिर्ता र वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा बुधबार बीरगंज महानगरपालिका…

    पहिलो

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    • February 9, 2025
    • 36 views
    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    • February 6, 2025
    • 40 views
    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    • February 5, 2025
    • 46 views
    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    • February 5, 2025
    • 64 views
    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    • February 4, 2025
    • 43 views
    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-

    • February 4, 2025
    • 27 views
    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-