सर्लाहीको बरहथवामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बरहथवा (सर्लाही), १६ पुसः–नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

  • Bishnu Timalsina

    Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 51 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 62 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-