सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

बरहथवा (सर्लाही), ६ असार : बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

  • Related Posts

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ श्रावण । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ । शंसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण…

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    भोजपुर, ६ साउनः जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो । वर्षाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    • July 21, 2024
    • 24 views
    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    • July 21, 2024
    • 12 views
    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    • July 21, 2024
    • 10 views
    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    • July 21, 2024
    • 12 views
    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    • July 21, 2024
    • 9 views
    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै

    • July 21, 2024
    • 8 views
    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै