सर्वसाधारण जनताको स्वास्थ्य लाई ध्यानमा राख्दै महानगरपालिका द्वारा कडाईका साथ बजार अनुगमन गर्ने-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३० जेष्ठ । बिरगंज महानगर पालिका का उप प्रमुख तथा बजार ब्यवस्थापन का  संयोजक  इम्तियाज आलम को संयोजकत्वमा बसेको बैठकले यस्तो  निर्णयहरु गरेको छ । बिरगंज महानगर पालिका भित्र म्याद गुजरेको पेय पदार्थ खाद्यान्न बस्तु लगायत बिक्रीवितरण भैरहेको हुदा यस लाई रोकथाम गर्न अनुगमन आवशक रहेको उप प्रमुख इम्तियाज आलम ले निर्देशन दिनु भयो ।

यदि कसैले म्याद गुज्रिएको खाद्यान्न तथा पेय पदार्थ बिक्रीवितरण गर्ने भेटिएमा कानुन बमोजिम कार्वाही गर्ने निर्देशन दिनु । बढ्दो गर्मीको कारण ले खाद्यान्न र पेय पदार्थ खराब  हुने गरेको छ र तेहि बिग्रेको खाद्यान्न बजार मा  बिक्रीवितरण भइरहेको हुदा बिरगंज नगर बासी हरुको स्वास्थ खराब न होस भनी अनुगमन अझै सख्त बनाउने र कडा रुप ले प्रस्तुत हुने  बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु लाई उप प्रमुख आलम ले निर्देशन दिनु भयो ।

उक्त बैठकमा बजारमा सर्व सधारणहरुले दैनिक रुपमा उपयोग  गर्ने समाग्री तथा खदान्न , सेवा प्रदायक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिने तथा अनुगमनको क्रममा लपारवाही गर्ने सेवा प्रदायक संस्थाहरुलाई एन अनुसार कार्यवाही  गर्ने निर्णय समेत बैठक मा निर्णय गरिएको छ । बैठकमा वीरगंज महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराई ,वीरगंज महानगर पालिकाका कार्य पालिका सदस्य कन्हैया ठाकुर ,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक पुष्कर बोगोटी, ,वीरगंज महानगर पालिकाका  अनुसन्धान अधिकृत विपिन कुमार लाल दास, जिल्ला ट्रफिक कार्यालयका भाष्कर खतिवडा, होटल व्यवसायी संघ पर्सा हरि पन्त, उपभोक्त हित संरक्षण मच्चका धिरज शर्मा, अजित भुजेल, वीरगंज महानगर पालिकाका पशु प्राविधिक संतोष ठाकुर, वीरगंज महानगर पालिकाका नगर प्रहरी निरिक्षक हरि प्रसाद भुसाल ,लगायत विभिन्न स्थानिय निकायको प्रतिनिधिहरुको सहभागिता रहेको कुरा उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाबले बताएका छन् ।

  • Related Posts

    निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

    चितवन, ६ साउनः चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई रु दुई करोड दुई लाख १७ हजार सात सय दुई राहत प्रदान गरिएको छ । निकुञ्जले आठ सय १३ वटा…

    सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट

    काठमाडौँ, ६ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच आज शिष्टाचार भेट भएको छ । भेटमा उहाँहरूबीच नेपाल—अमेरिका द्विपक्षीय हितका विविध विषयमा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

    • July 21, 2024
    • 5 views
    निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

    नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

    • July 21, 2024
    • 7 views
    नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

    बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?

    • July 21, 2024
    • 1 views
    बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?

    सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट

    • July 21, 2024
    • 5 views
    सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    • July 21, 2024
    • 24 views
    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    • July 21, 2024
    • 12 views
    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने