सर्वोच्च अदालतले मङ्सिर १ गतेदेखि सबै प्रकारका मुद्धाको सुनुवाई गर्ने

काठमाडौं । सर्वोच्च अदालत आगामी मङ्सिर १ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा सेवा प्रवाह गर्दै आएको छ । 

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले सेवा अवरुद्ध भएका सुरू मुद्दा, पुनरावेदन पत्र, दोहोर्‍याइ पाउँ भन्ने निवेदन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो । 

सर्वोच्चले भनेको छ:

मिति २०८२ । ०५ । २४ गते भएको आगजनी, ढुङ्गामुडा, तोडफोड र लुटपाटसमेतका कारणबाट यस अदालतको अधिकांश भौतिक संरचना, इजलासहरू, चालु मुद्दा तथा सूचना प्रणालीसमेतमा क्षति पुगेको कारण यस अदालतको पूर्व सूचनाअनुसार सबै प्रकारका रिट निवेदनहरू, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ का निवेदनहरू मात्र दर्ता एवम् सुनुवाइ हुँदै आएकोमा आज मिति २०८२।०७।२० मा बसेको पूर्ण बैठकको निर्णयानुसार मिति २०८२।०८।०१ गतेदेखि सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोऱ्याई पाउँको निवेदन तथा पुनरावलोकनको निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू नियमित रूपमा दर्ता एवम् सुनुवाइ हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

  • Related Posts

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु हुन ढिला भएको छ  । केन्द्रीय निर्वाचन आयोगले यस अघि ४ बजेदेखि मतदान शुरु हुने बताएपनि विद्युतीय मतदान मेसिनमा उम्मेदवारको…

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    काठमाडौं । मङ्सिर २९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका ११ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन्…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 106 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो