दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २५ फागुन । बुधबार राति करिब ०९:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित वीरगञ्ज पथलैया सडक खण्डमा परवानीपुर बाट वीरगञ्ज तर्फ आउँदै गरेको प्र. २-०३-००४ प ७९३० नम्बरको मोटरसाइकल र वीरगञ्ज बाट परवानीपुर तर्फ जादै गरेको ना. २५ प ४००३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंदा दुई जना व्यक्तिहरू घाइते अवस्थामा रहेका थिए ।
उक्त घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी, गण्डक बाट प्रहरी सहायक निरीक्षक सीतारा खतिवडाको कमाण्डमा खटिएको प्रहरी टोलीले घाईतेहरूलाई उद्दार गरी उपचारको लागि एल. एस. न्यूरो अस्पताल, वीरगञ्जमा ल्याइ उपचारकै क्रममा बिहीबार विहानको करिब ०२:०० बजेको समयमा बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ०४, चैनपुर बस्ने वर्ष २४ को सुरज सर्राफको मृत्यु भएको तथा वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २६ को बिपिन कुमार कुशवाहाको उपचार भइरहेको छ ।
मृतक सुरज सर्राफको लासलाई पोष्ट मार्टम को लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइ मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बिहीबार बताएका छन् ।