दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०९ चैत । वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित सडक खण्डमा ड्राईपोर्ट बाट चोर्नी तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR 05 AM 1624 को मोटरसाइकल पछाडी सवार भारतको विहार राज्य, जिल्ला मोतिहारी, थाना रक्सौल बस्ने वर्ष ५० की माला देबी बुधबार दिउँसो करिब ०१:४५ बजेको समयमा मोटरसाइकल बाट लडी निजको टाउकोमा गम्भिर चोट लागेको हुँदा उपचारार्थ एल. एस. न्यूरो अस्पताल, वीरगञ्जमा ल्याएकोमा बिहीबार दिउँसो १२:३० बजेको समयमा निज माला देवीको मृत्यु भएकोमा मृतकको लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी पोष्ट मार्टमको लागि नारायणी अस्पताल, वीरगञ्जमा राखि मोटरसाइकल चालक भारतकै विहार राज्यको जिल्ला मोतिहारी, थाना रक्सौल, जोकियारी पञ्चायत वडा नं. ०९ बस्ने वर्ष २३ को सचिन कुमारलाई नियन्त्रणमा लिई थप  अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।