दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०३ असोज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले आज बिहान करिब ०६:०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १९, केहुनिया स्थित बाट ठूलो परिमाणमा कुखुराको चल्ला सहित एउटा मोटरसाइकल पनि बरामद गरेको छ ।
एक्का बिहानै त्यहाँ बाट सशस्त्र प्रहरी सहायक निरीक्षक संजिव कुमार यादवको कमाण्डमा खटिएको ०७ जनाको गाडी मोवाईल टोलीले भारत बाट अबैध रुपमा ना. ४१ प ४२२ नम्वरको मोटरसाईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको ४ हजार गोटा प्रतिबन्धित बोईलर कुखुराको चल्ला अंदाजी मुल्य रु. १ लाख बराबरको छाडी व्यक्ति भागी गएको हुँदा उक्त चल्ला बरामद गरि आजै बिहान करिब ११:१५ बजेको समयमा स्थानिय पत्रकार, जनप्रतिनिधि, नेपाल प्रहरि तथा पशु क्वारेन्टिनको प्रतिनिधीको रोहबरमा गणको पेरिमिटरमा खाडल खनि पुरेर नष्ट गरिएको छ , भन्ने उल्लेखित नम्बरको मोटरसाईकल बीरगंज भन्सार कार्यालय मा बुझाइएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्की ले बताएका छन् ।









