सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर यस वर्षको सर्वोत्कृष्ट बाहिनी कार्यालय बन्न सफल भएको छ ।सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगर को कमाण्डमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर उत्कृष्ट बाहिनी बन्न सफल भएकोमा सशस्त्र प्रहरी दिवसको अवसरमा सम्मान गरिने भएको छ ।

आठ वटा बाहिनी मध्येबाट सर्वोत्कृष्ट बन्न सफल बाहिनीमा गढीमाई बाहिनी मुख्यालय मकवानपुर भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर उत्कृष्ट भएकोमा सर्बोत्कृष्ट बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरलाई माघ ०९ गते बुधवारका दिन आयोजना हुने २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले उक्त सम्मान प्रदान गर्ने जनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा इकाईहरुको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० बमोजिम सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय बाट भएको निरीक्षणका क्रममा ति बाहिनी सर्वोत्कृष्ट ठहरिएको कुरा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरले बताएका छन् ।

यस अघि पनि सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगर मधेश प्रदेश स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ०२ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिवास का बाहिनीपति हुँदा पनि सर्बोत्कृष्ट बाहिनी भएका थिए । सर्बोत्कृष्ट भएका बाहिनीपति एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक मगरको केही दिन अघि मात्रै एक वर्ष म्याद थप गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०४ जेष्ठ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त…

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ जेष्ठ । बिरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल द्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम बीरगंजको घडीर्वा पोखरी अवस्थित सम्पन्न भएको छ । स्थानीय…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 93 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 91 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 118 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 81 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    • May 14, 2025
    • 104 views
    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

    • May 14, 2025
    • 84 views
    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-