सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर यस वर्षको सर्वोत्कृष्ट बाहिनी कार्यालय बन्न सफल भएको छ ।सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगर को कमाण्डमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर उत्कृष्ट बाहिनी बन्न सफल भएकोमा सशस्त्र प्रहरी दिवसको अवसरमा सम्मान गरिने भएको छ ।

आठ वटा बाहिनी मध्येबाट सर्वोत्कृष्ट बन्न सफल बाहिनीमा गढीमाई बाहिनी मुख्यालय मकवानपुर भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर उत्कृष्ट भएकोमा सर्बोत्कृष्ट बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरलाई माघ ०९ गते बुधवारका दिन आयोजना हुने २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले उक्त सम्मान प्रदान गर्ने जनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा इकाईहरुको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० बमोजिम सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय बाट भएको निरीक्षणका क्रममा ति बाहिनी सर्वोत्कृष्ट ठहरिएको कुरा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरले बताएका छन् ।

यस अघि पनि सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगर मधेश प्रदेश स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ०२ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिवास का बाहिनीपति हुँदा पनि सर्बोत्कृष्ट बाहिनी भएका थिए । सर्बोत्कृष्ट भएका बाहिनीपति एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक मगरको केही दिन अघि मात्रै एक वर्ष म्याद थप गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, १८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ । बैठकमा देशभरका महानगरपालिका, उप-महानगरपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुखहरूको सहभागिता रहेको थियो ।…

    एजेन्ट संघले निर्माण गरेको महावीर मन्दिर तथा संघ सचिवालयको समुद्घाटन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १७ मंसिर । बीरगँज भन्सार एजेन्ट सँघ, पर्साले निर्माण गरेको महावीर मन्दिर र एजेन्ट सँघको सचिवालयको समुद्घाटन सम्पन्न भएको छ । आज एक कार्यक्रमको बिच…

    पहिलो

    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    • December 4, 2025
    • 120 views
    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    • December 4, 2025
    • 17 views
    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    • December 4, 2025
    • 22 views
    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    • December 4, 2025
    • 15 views
    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    • December 4, 2025
    • 18 views
    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    • December 4, 2025
    • 17 views
    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास