सशस्त्र प्रहरी, पर्सा द्वारा लाखौं मूल्य बराबरको भन्सार छलिका सामान बरामद, सबै सामानहरु अलौं नाका बाट भित्रिएको श्रोतको दावी-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ असोज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज तथा बीरगंज भन्सार कार्यालय बाट खटिएको संयुक्त टोली ले विशेष सूचनाको आधारमा बिहीबार बीरगंज महानगरपालिका वडा नं. १२, मुर्ली बाट लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामानहरु बरामद गरेका छन् ।

उक्त दिन बिरगंज गुल्म बाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको संयुक्त टोलिले बिषेश सुचनाको आधारमा उल्लेखित स्थानमा भारत बाट अबैध रुपमा भन्सार छली ल्याई खुर्सेद अंसारीको घरको पछाडी कोठामा लुकाई छिपाई गोदाम गरी राखेको रु. १६ लाख २५ हजार ४ सय बराबरको बिभिन्न ब्राण्डको चक्लेट, फेबिक्विक र दाँत माझ्ने ब्रस बरामद गरी आवश्यक कारवाहिको लागि शुक्रबार बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ ।

यसै गरि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय ,पर्सा बाट खटिएको टोलीले बिरगंज महानगरपालिका वडा नं. २५, चण्डाल चोक स्थित सडक खण्ड मा आकस्मिक चेक प्वाईन्ट थापि चेक जाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली BR-05-U 4210 नम्बरको मोटरसाईकलमा लोड गरि अलौं नाका भएर नेपाल तर्फ ल्याउदै गरेको रु. ८६ हजार २ सय बराबरको कपडा र किराना सामान बररामद गरि मोटरसाइकल को भन्सार मुल्य रु. १ लाख ५० हजार मुल्याङ्कन गरि जम्मा रु. २ लाख ३६ हजार २ सय बराबरको मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।

सामाचार श्रोतका अनुसार यी सबै विभिन्न किसिमका सामानहरु बीरगंज महानगरपालिका वडा नं. १७, अलौं नाका बाट अबैध रुपमा भित्रिएको छ ।

  • Related Posts

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०२ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिहीबार दिउँसो करिब ०३:०० बजेको समयमा मानव वेचविखन मा संलग्न दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ…

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 40 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views