
बीरगंज, ०३ बैशाख । सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट बेनौली, बारा बाट सशस्त्र प्रहरी नायब निरीक्षक लिल बहादुर ठाडाको कमाण्डमा खटिएको टोलीले पचरौता नगरपालिका वडा नं. ०६ पकडिया स्थित सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा एकजना भारतीय नागरिक लाई १ किलो २ सय ग्राम चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको गहनाहरू बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, मधेश प्रदेश का प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर ले आज शनिवार बिहान दिनु भएको जानकारी अनुसार शुक्रबार राति को समयमा भारतको मोतिहारी, झनझडवा (झांझारा) ग्राम पंचायत वडा नं. ०३ बडहरवा बस्ने बर्ष २८ को शैलेश साहको साथ बाट बरामद गरि सुन चाँदी व्यवसायी संघमा परीक्षणको लागि लगिएको तथा परीक्षण बाट एकिन भए पश्चात भन्सार बुझाउने गरि व्यक्तिलाई र भारतीय नम्बर BR 05 AB 1966 को मोटरसाइकल आवश्यक कारवाही को लागि जिल्ला प्रहरी कार्यालय, बारामा पठाईएको तथा सेतो धातुको गहनाहरू हालसम्म बीओपी मै रहेको जसको मूल्य रु. १ लाख ४० हजार र दुई वटा मोटरसाईकल को मूल्य रु. १ लाख गरि जम्मा रु. २ लाख ४० हजार मूल्याङ्कन गरीएको कुरा सशस्त्र प्रहरी नायब महानिरीक्षक ठाडा मगरले बताएका छन् ।