दीपेन्द्र प्रजापति कालो झोला ।

पर्सा, १५ श्रावण । सशस्त्र प्रहरी बलले शनिबार बीरगंज महानगरपालिका वडा नं. १७ अलौमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. १ लाख २ हजार १ सय ५० बराबरको मोबाईल पार्टस तथा विन्दवासिनी गाउँपालिका वडा नं. ०४ मधवल मा भारत बाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ३१ हजार ४ सय बराबरको सुर्ती र किराना सामानहरु गरी जम्मा रु. १ लाख ३३ हजार ५ सय ५० मुल्य बराबरको सामानहरु सशस्त्र प्रहरी बल नेपाल, विओपि अलौं तथा विओपि प्रसौनी भाठ्ठा बाट खटिएको गाडि मोबाईल टोलिहरुले बरामद गरी आवश्यक कारवाहीको लागि आईतबार वीरगंज भन्सारमा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल, नं. १३ गण मुख्यालय, पर्सा ले जनाएको छ ।