दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २० श्रावण । सशस्त्र प्रहरी बल नेपाल, नं. १३ गण मुख्यालय, पर्सा ले शुक्रबार भारी मात्रामा प्रतिवन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

गण का सूचना अधिकारी संतोष कुमार बस्नेत ले दिनु भएको जानकारी अनुसार विशेष सूचनाको आधारमा उक्त दिन साँझ करिब ०६:३० बजेको समयमा खटि गएको ०७ जनाको टोलीले पर्साको बहुदरमाई नगरपालिका वडा नं. ०७ विश्रामपुर, छप्कैया स्थित श्री बाल निकेतन ईङ्गलिस बोर्डिङ्ग स्कुलको पुरानो भवन पछाडीको झाँडीमा हरियो घाँस र कर्कलोको पातले लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध गाँजा २ सय ४० किलो ग्राम फेला पारेको हुँदा सो लागुऔषध गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको कुरा बताएका छन् ।