दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, ०६ असार । सशस्त्र प्रहरी बल नेपाल नं.३९ रिजर्भ गण हे.क्वा.महोत्तरीमा सशस्त्र प्रहरी वल नेपाल नं.३९ रिजर्भ गण हे.क्वा.महोत्तरी र स.प्र.बल, नेपाल नं.४० रिजर्भ गण हे.क्वा.वारामा संचालित सि.नं.२३४ (ङ) र (च) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको अन्तिम दिक्षान्त कवाज समारोह स.प्र.बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी वर्दिवासका बाहिनीपति स.प्र.ना.म.नि. गणेश ब. ठाडामगरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

उक्त अन्तिम दिक्षान्त कवाज समारोहमा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रलाद क्षेत्री, बर्दिवास नगरपालिकाका उप-प्रमुख तारादेवि महतो, नेपाली सेना नं.२७ वाहिनी अड्डाका बाहिनीपति सहायक रथि भरतचन्द्र गुरुङ्ग, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँ, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालय जनकपुरका अनुसन्धान निर्देशक ओम जोशी, स.प्र.बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी महोत्तरीका सहायक बाहिनीपति का.मु.स.प्र.ब.उ. विष्णु प्रसाद भट्ट, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, मधेश प्रदेश अन्तर्गतका सशस्त्र प्रहरी वल, नेपाल गण हे.क्वा.का गणपतिहरु लगायत महोत्तरी जिल्लाका अन्य सुरक्षा निकायका प्रमुखहरु, अविभावक र आफन्तजनहरु गरी अन्दाजी ९०० जनाको उपस्थिति रहेको थियो । गत २०७८ श्रावण ०१ गते देखि सुरु भई २०७९ असार ०६ गते सम्पन्न भएको सशस्त्र प्रहरी जवान आधारभुत तालिममा सि.नं.२३४ (ङ) तर्फ स.प्र.ज सरोज कुमार गोले र सि.नं.२३४ (च) तर्फ स.प्र.ज. शक्ति रामले तालिममा प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ। उक्त समारोहका प्रमुख अतिथि स.प्र.बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति गणेश ब. ठाडामगरज्यूले आज दिक्षित हुनु भएका १९५ जना सशस्त्र प्रहरी जवानहरुलाई सफलता पूर्वक तालिम सम्पन्न गरेको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना दिँदै राष्ट्र र संगठन प्रति जनसेवाको भावना सहित ईमान्दार, वफादार अनुशासित र कर्तव्यनिष्ठ सुरक्षाकर्मीको रुपमा कार्य गर्न निर्देशन दिनु भएको थियो।