
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २४ बैशाख । बाराको सम्रौनगढ नगरपालिका वडा नं. ९ बसवरिया देखि कचोर्वा चोक जाने पक्की बाटोमा मजकुर सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार अशोक साह सोनारको कमाण्डमा ५ जनाको स्क्वार्ड टोली, वि.ओ.पि. गोलागंज मातहत FOB झझरोखरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अरुण नकर्मीको कमाण्डमा ५ जनाको टोलि र बि.ओ.पि. गोलागंजबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार लालवावु प्रसाद यादवको कमाण्डमा खटिएको ५ जनाको संयुक्त टोलीले आज बिहान करिब १०:०० बजेको समयमा शंका लागी भारतबाट नेपालतर्फ आउदै गरेको BR-01-C3161 नम्वरको भारतिय ममोटरसाइकल लाई रोकी चेकजाँज गर्ने क्रममा ममोटरसाइकल चालक भारतको मोतिहारी जिल्ला भेलवा बजार पुर्वीचम्पारण विहार बस्ने वर्ष २२ को अखलेश कुमार सिंहको कम्मरमा बाधिएको अटोमेटिक चाईनिज पेस्तोल थान १ सो को राउण्ड (७.६५MM) २ वटा र म्याग्जिन १ वटा र मोटरसाइकलमा सवार मोतिहारी जिल्ला कुस्वाहा लौखान पुर्विचम्पारण विहार बस्ने वर्ष २३ को पप्पु कुमार यादवको साथबाट कटुवा पेस्तोल थान १ र सो को राउण्ड १ (8 MMKS) लोड गरि कम्मरमा बाधिएको र राउण्ड १ (8 MMKS) खल्तिमा राखिएको अवस्थामा फेला परेको हुँदा निजहरुलाई मोटरसाइकल र हतियार सहित नियन्त्रणमा लिई आवश्यक करवाहीको लागी आजै बिहान करिब ११:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा बुझाएको कुरा बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर ले बताएका छन् ।
