दीपेन्द्र प्रजापति कालो झोला ।
बीरगंज, २५ बैशाख । सशस्त्र प्रहरी बल, नेपाल ले शुक्रबार बिहान करिब ०६:३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १६ ईनरवा स्थित रजतजयन्ति चोक ईलाकामा बेवारिसे अवस्थामा भारतिय नम्बर प्लेटको सेतो कार रहेको छ भन्ने विशेष सुचनाको आधारमा मजकुर सशस्त्र प्रहरी बल, नेपाल नं. २ बाहिनी मुख्यालय, महोत्तरी बाट खटिएको टोली र स.प्र.बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको गाडि मोवाईल टोलिले उक्त स्थानमा गई चेकजाँच गर्दा उक्त गाडीमा चावि लक गरि बेवारिसे अवस्थामा रहेको JH 05 BZ 2033 नम्बरको टाटा कम्पनीको भारतीय कार चोरी पैठारीको हुन सक्ने आशंकामा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागीभन्सार मुल्य रु. २० लाख कायम गरी विरगंज भन्सार कार्यलय पर्सामा बुझाईएको कुरा सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल ले बताएका छन् ।