दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०४ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल ले बैशाख २९ गते राति ०९:४५ बजेको समयमा विरगंज ममहानगरपालिका वडा नं. २५ खल्वाटोला सीमा ईलाकामा वि.ओ.पि. ड्राईपोर्ट बाट सप्रनानि कमलेश राज पुरीको कमाण्डमा खटिएको ०४ जना मोटरसाइकल गस्ती टोलीलाई देख्नासाथ भारतबाट अवैध रुपमा भन्सार छली BR 05 V 8039 नम्बरको मोटरसाइकल मा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मुल्य रु. १४ हजार ५ सय ८० बराबरको रजनीगन्धा र मुल्य रु. ८० हजार बराबरको मोटरसाइकल छोडि व्यक्ति भागि गएको हुँदा उक्त मोटरसाइकल र रजनीगन्धा बरामद गरी आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल ले बताएका छन् ।
त्यस्तै जेष्ठ ०२ गते बिहान ०७:०० बजेको समयमा पर्साको ठोरी गगाउँपालिका वडा नं. २ ठुटे खोला सीमा ईलाकामा बिओपि ठोरीबाट खटिएको ०५ जनाको पैदल गस्ती टोलीलाई देख्नासाथ भारतबाट अबैध रुपमा भन्सार छलि २ जना ब्यक्तिले टाउकोमा बोकी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ७७ हजार ५ सय बराबरको गाडीको पार्टस छोडी ब्यक्ति भागि गएको हुदाँ उक्त पार्टस बरामद गरी आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।
यसैगरी मंगलबार राति ०८:३० बजेको समयमा विरगंज ममहानगरपालिका वडा नं. १६ बारा पर्साको सीमाना स्थित सिंङई खोलामा स.प्र. बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय¸ महोत्तरीबाट टोली र बिओपि बिरगंजबाट खटिएको ५ जनाको गाडी मोबाईल टोलीलाई देख्नासाथ भारतबाट अबैध रुपमा भन्सार छलि ३ जना ब्यक्तिले टाउकोमा बोकी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. १ लाख १४ हजार बराबरको १ सय २० किलो ग्राम काजु छोडी ब्यक्ति भागि गएको हुदाँ उक्त काजु बरामद गरी आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।
त्यस्तै बुधबार दिउँसो ०३:०० बजेको समयमा विरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट स्थित बिओपि बिरगंजबाट खटिएको ०७ जनाको चेकप्वाईन्ट टोलीलाई देख्नासाथ भारतबाट अबैध रुपमा भन्सार छलि साईकलमा राखि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ३३ हजार ६ सय ८० बराबरको किराना सामान छोडी ब्यक्ति भागि गएको हुदा उक्त किराना सामान बरामद गरी आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको कुरा पनि गणपति पोखरेल ले बताएका छन् ।
साथै बुधबार नै दिउँसो ०३:१० बजेको समयमा विरगंज महानगरपालिका वडा नं. १६ भुटन देवि मन्दिर इलाकामा स.प्र. बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय¸ महोत्तरीबाट खटिएको टोली र सुरक्षा बेश विरगंजबाट खटिएको ०७ जनाको संयूक्त टोलीलाई देख्नासाथ भारतबाट अबैध रुपमा भन्सार छलि मोटरसाईकलमा राखि नेपाल तर्फ ल्यादै गरेको मुल्य रु. ३७ हजार २ सय बराबरको ७२ किलो ग्राम सिध्रा माछा छोडी मोटरसाइकल लिई ब्यक्ति भागि गएको हुदाँ उक्त माछा बरामद गरी आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको कुरा पनि गणपति पोखरेल ले बताएका छन् ।