
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०५ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल नं. ०६ गण मुख्यालय, सप्तरी तथा सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस भारदह को संयुक्त टोलीले बिहीबार राति १२:०० बजेको समयमा सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका वडा नं. ०१ (भारदह) कोशी ब्यारेज पुल नजिक बाट सोही ठाउँ बस्ने वर्ष २४ को रंजित मंडल लाई ब्राउनिंग पेस्तोल १ थान र सो मा प्रयोग हुने गोली ६ राउण्ड सहित नियन्त्रणमा लिई तत्कालै थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय, सप्तरी लाई बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल, नं. ०२ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी का बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर ले बताएका छन् ।