दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, २५ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा अन्तर्गत रहेका विभिन्न बिओपी तथा सुरक्षा बेस ले विभिन्न मिति र समयमा विभिन्न सामानहरू बरामद गरी आवश्यक कारवाहीको लागि बुधबार बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

नं. १३ गण का गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल का अनुसार जेष्ठ २२ गते अपरान्ह ०१:०० बजेको समयमा विरगंज महानगरपालिका वडा नं. ०२ मालपोत स्थित बाट बिओपि सिर्सियाबाट खटिएको गाडि मोबाईल टोलीलाई देख्नासाथ भारतबाट अबैध रुपमा भन्सार छलि साईकलमा राखि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. २८ हजार ६ सय बराबरको ९ कार्टुन वलपेन छाडी साईकल लिई ब्यक्ति भागि गएको हुदाँ उक्त वलपेन बरामद गरीएको छ ।

त्यस्तै जेष्ठ २३ गते साँझ करिब ०६:३० बजेको समयमा विरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट ईलाकामा बि.ओ.पि. विरगंजबाट खटिएको चेक प्वाईन्ट टोलीलाई देख्नासाथ भारतबाट अवैध रुपमा भन्सार छलि टाउकोमा बोकी नेपालतर्फ ल्याउदै गरेको मुल्य रु.३९ हजार ४० बरावरको मोटर पार्टस छाडी व्यक्ति भागी गएको हुदा उक्त मोटर पार्टस वरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

यसैगरी जेष्ठ २३ गते राति करिब २१:५० बजेको समयमा विरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट ईलाकामा खटिएको चेक प्वाईन्ट टोलीलाई देख्नासाथ भारतबाट अवैध रुपमा भन्सार छलि टाउकोमा बोकी नेपालतर्फ ल्याउदै गरेको करिब रु. ७५ हजार २ सय २४ बरावरको औषधीहरु छाडी व्यक्ति भागी गएको हुदा उक्त औषधीहरु वरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय मा बुझाईएको छ ।

साथै जेष्ठ २४ गते साँझ करिब ०५:०० बजेको समयमा पर्साको सखुवा प्रसौनी गाउँ पालिका वडा नं. ०२ श्रीपुर स्थित सशस्त्र सुरक्षा बेश, बागेश्वरी तित्रौना बाट खटिएको गाडि मोबाईल टोलिलाई देखि राष्ट्र वन जंगलबाट कटान गरी २ वटा साईकलमा लोड गरी ल्याउदै गरेको मुल्य रु. ७५ हजार बराबरको २५ क्यु. फिट सालको गोलिया र मुल्य रु ८ हजार बराबरको २ थान साईकल छाडि व्यक्ति भागि गएको हुँदा उक्त सालको गोलिया र साईकल बरामद गरी आवश्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय रंगपुर मा बुझाईएको कुरा समेत गणपति सशस्त्र प्रहरी उपरीक्षक पोखरेल ले बताएका छन् ।