
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १४ असार । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट, सुख्खा बन्दरगाह, श्रीसिया, पर्सा ले आईतबार साँझ करिब ०५:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २५ स्थित खल्वाटोला सिमा ईलाका बाट भारत बाट नेपाल तर्फ अबैध रुपमा आईरहेको औषधी आफ्नो नियन्त्रणमा लिएको छ ।

वि.ओ.पि. ड्राईपोर्ट बाट खटिगएको मोटरसाईकल गस्ति टोलीलाई देख्नासाथ भारतबाट अवैध रुपमा घासको बोरामा लुकाई छिपाई एक जना व्यक्तिले साईकलमा लोड गरि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा मुल्य रु. १ लाख ६३ हजार ७ सय ६३ बराबरको २८ किसिमका औषधि औषधिहरू छाडी साईकल लिई ब्यक्ति भारत तर्फ भागी गएकोले उक्त बेवारिसे औषधि बरामद गरी आवश्यक कारवाहीको लागी सोमबार बिरगंज भन्सार कार्यालय मा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल, नं १३ गण मुख्यालय, पर्सा का गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल ले बताएका छन् ।
