दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ असार । सशस्त्र प्रहरी बल, नेपाल बी. ओ. पी. ईनर्वाले आज दिउँसो करिब ०१:१५ बजेको समयमा धनुषा जिल्लाको जनक नन्दनी गाउँ पालिका वडा नं. ०१ ईनर्वा सीमा ईलाका बाट लाखौं रुपैयाँ सहित दुई जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा ०४ जनाको मोटरसाइकल गस्ती टोलीले उल्लेखित स्थानमा चेक प्वाइन्ट थापि बसिरहेको अवस्थामा भारत बाट नेपाल तर्फ आलुको बोरा बोकी आउँदै गरेको ज. ०७ प ५००७ नम्बरको ग्ल्यामर मोटरसाइकल रोकी चेकजाँच गर्दा श्रोत नखुलेको रु. १ हजारको ७ हजार गोटा, रु. ५ सयको २ हजार ६ सय ९९ गोटा, रु. १ सयको १ सय गोटा र रु. ५० को १ सय गोटा गरि जम्मा नेपाली रुपैयाँ ८३ लाख ६४ हजार ५ सय फेला परेको हुनाले उक्त रुपैयाँ, मोटरसाइकल र २ जना क्रमशः जनक नन्दनी गाउँपालिका वडा नं. ०५ बस्ने अन्दाजी वर्ष ३६ को ईश्वर मण्डल र वर्ष १९ को राजेश मण्डल लाई नियन्त्रणमा लिई त्यस बी. ओ. पी. मा ल्याएर स्थानीय पत्रकार, वडा अध्यक्ष र नेपाल प्रहरीको रोहबरमा मुचुल्का तयार गरि जनकपुर भन्सार कार्यालय मा बुझाईएको कुरा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी का वाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश बहादुर ठाडा मगरले बताएका छन् ।