दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०१ श्रावण । सशस्त्र प्रहरी बल नेपाल, वी. ओ. पी. प्रसौनी भाठ्ठाले आईतबार दिउँसो करिब ०३:३० बजेको समयमा प्रतिबन्धित लागुऔषध सहित एक जना लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ०५ प्रसौनी भाठ्ठा स्थित बि.ओ.पि.प्रसौनी भाठ्ठा बाट खटिएको ७ जनाको गाडि मोबाईल टोलिलाई शंका लागी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ बा. ५२ प. ६१४६ नम्बरको Yamaha R 15 मोटरसाइकल मा सवार पर्साको पटेर्वा सुगौली गगाउँपालिका वडा नं. ०३ बस्ने अन्दाजी बर्ष ४५ को बिरेन्द्र रामको छोरा अंदाजी बर्ष १७ को मन्जित महरा चमारको साथबाट Nitravet २० पत्ता १० Mg. को ३ सय गोटा, Diazepam :२ ml. को ५१ पिस, Noophin २ एम.एल को ५१ पिस र Phenergan २ एम.एल. को ४९ पिस प्रतिबन्धित लागुऔषध को साथै Tambo मोबाईल सेट १ थान, मोटरसाइकल को बिलबुक १ थान, नेपाली रु. ४ सय तथा भारतिय रु. ५० फेला परेको हुदाँ निजलाई लागुऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय, पोखरीया, पर्सामा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल, नं. १३ गण मुख्यालय, पर्सा का गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल ले बताएका छन् ।