दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०२ श्रावण । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेश फतुवा, रौतहटले आईतबार राती करिब १०:१० बजेको समयमा रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. ०६ कुडिया बाट भारी मात्रामा प्रतिबन्धित लागुऔषध गाँजा सहित एक भारतीय गाडीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा उक्त सुरक्षा बेस बाट खटिएको सशस्त्र प्रहरी निरीक्षक विन्य श्रेष्ठको कमाण्डमा १३ जनाको टोलीले बगैंचामा लुकाएर पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट DL 4 CNL 6229 को स्कार्पियो गाडीमा गाँजा १३ वटा पोका (प्रति पोका १४ किलो ८ सय ग्राम) गरि जम्मा १ सय ९२ किलो ४ सय ग्राम र उक्त गाडी समेत लाई सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण मुख्यालय, रौतहट बाट सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बदुवालको कमाण्डमा १९ जनाको थप टोली खटि गई मरामद गरि यस गणमा ल्याई आज बिहान आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, रौतहट मा बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल, नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोतरी का वाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताएका छन् ।