दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०४ श्रावण । सशस्त्र प्रहरी बल नेपाल, वी. ओ. पी. बीरगंज ले आईतबार राती करिब ०९:१५ बजेको समयमा लाखौंको मोटर पार्टस तथा ग्यास रेगुलेटर बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल ले मंगलबार दिनु भएको जानकारी अनुसार बीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेटमा बिओपि बीरगंजबाट खटिएको ०७ जनाको गाडि मोबाईल टोलीलाई देख्नासाथ भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ साईकलमा ल्याउदै गरेको मुल्य रु. १ लाख ०५ हजार ८० बराबरको ग्याँस रेगुलेटर र मोटर पार्टस छाडि ब्यक्ति साईकल लिई भागि गएको हुदाँ उक्त सामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको कुरा सशस्त्र प्रहरी उपरीक्षक पोखरेल ले बताएका छन् ।