
दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०६ श्रावण । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेश बेनौली, बारा बाट खटिएको टोलीले शुक्रबार राति करिब ०९:५० बजेको समयमा बारा कै महागढीमाई नगरपालिका वडा नं. ०५ तेलगाई बाटो हुँदै दक्षिण सिमा तर्फ लैजाँदै गरेको अवस्थामा ट्रक सहित दुई जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरीका वाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरका अनुसार बिशेष सूचनाको आधारमा बा. ५ ख ८०७५ नम्बरको ट्रक लाई चेक जाँच गर्दा प्रतिबन्धित लागुऔषध गाँजा १० पोका लगभग १ सय ५० किलो ग्राम सहित ट्रक चालक मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नं. ०६, सानु लेख निवासी मान बहादुर रुम्बा को छोरा अंदाजी वर्ष २९ को राजकुमार रुम्बा तथा भारतको मोतिहारी जिल्ला ग्राम संग्रामपुर वडा नं. ११, भरवलिया निवासी श्याम लाल महतो लाई नियन्त्रणमा लिई सुरक्षा बेस बेनौली, बारामा ल्याई आवश्यक कारवाहीको लागि नेपाल प्रहरी लाई बुझाईएको कुरा वाहिनी पति मगरले बताएका छन् ।
