दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, १० श्रावण । सशस्त्र प्रहरी बल नेपाल, बीओपी बीरगंजले सोमबार राति करिब १०:३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट बाट कपडा तथा हार्डवेयर को सामान आफ्नो नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल का अनुसार त्यहाँ बाट खटिएको ०७ जनाको चेक प्वाईन्ट डिउटी टोलि लाई देख्नासाथ भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ साईकलमा ल्याउदै गरेको मुल्य रु. १ लाख १५ हजार २ सय बराबरको कपडा तथा हार्डवेयर सामान छाडि व्यक्ति साईकल लिई भागि गएको हुँदा कपडा तथा हार्डवेयर सामान बरामद गरी आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।
यसै गरी मंगलबार साँझ करिब ०६:३० बजेको समयमा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ०५ भिष्वा स्थित बाँस झ्याङ्ग सीमा ईलाकामा बिओपि भिष्वाबाट खटिएको ६ जनाको चेकप्वाईन्ट टोली र प्रहरी चौकी भिष्वाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको नम्बर प्लेट नखुलेको ईलेक्ट्रिक मोटरसाईकलमा सवार भारत जिल्ला पश्चिमी चम्पारण ग्राम पन्चायत सिक्टा वडा नं. ७ सिक्टा बस्ने अशोक प्रसाद सोनारको बर्ष अंदाजी बर्ष १९ को रोहित कुमार सोनारलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट अन टेस्ट ई-मोटरसाइकल १ थान, डाईजोपाम २ एम एल को ३ सय एम्पुल, नोफिन २ एम एल को ३ सय एम्पुल तथा फेनरागन २ एम एल को ३ सय एम्पुल प्रतिबन्धित लागुऔषध फेला परेको हुँदा आबश्यक कारबाहीको लागि उक्त लागुऔषध सहित निज व्यक्तिलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय, पोखरीया, पर्सामा बुझाईएको कुरा गणपति पोखरेल ले बताएका छन् ।