
दीपेन्द्र प्रजापति/कालो झोला ।
बारा, ०३ भाद्र । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट, पिपरपाती ले आज बिहान करिब १०:३० बजेको समयमा बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. ०२ भट्टी बैरिया सीमा इलाका बाट प्रतिबन्धित लागुऔषध सहित एक भारतीय युवकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण मुख्यालय, बारा का गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र बहादुर थापाले दिनु भएको जानकारी अनुसार त्यहाँ बाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05 AT 5975 नंवर को भारतीय मोटर साईकललाई शंका लागि चेकजाँच गर्दा मोटर साईकल चालक जिल्ला मोतीहारी पुर्वीचम्पारण-२ रेगनिया बस्ने बर्ष १८ को त्रिभुवन यादवको साथ बाट नोर्फिन – ९ सय २५ पिस, डाईजोपाम- ०९ सय बोतल र फेनारागन ८ सय ७५ बोतल लागुऔषध बरामद गरिएको हुँदा मोटरसाइकल, लागुऔषध सहित निजलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय, सिम्रौनगढमा बुझाईएको कुरा गणपति थापाले बताएका छन् ।