दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २७ असार । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंजले आज बिहान करिब ०८:४५ बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १६, स्थित भंसार गेट अगाडि बाट प्रतिबन्धित लागु औषध चरेश र मोटरसाइकल सहित दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा त्यहाँ खटिएको चेक प्वाइन्ट डिउटी टोलीले BR 22 M 4206 नम्बरको भारतीय मोटरसाइकल लाई चेक जाँच गर्ने क्रममा पर्सा जिल्लाकै पटेर्वा सुगौली गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३५ को सत्यनारायण माझी र सोही ठाउँ बस्ने वर्ष ४० को प्रलाद माझी सवार मोटरसाईकल को टंकी मुनि लुकाई छिपाई नेपाल बाट भारत तर्फ लैजाँदै गरेको १५ किलो ३ सय १० ग्राम प्रतिबन्धित लागु औषध चरेश जस्तो देखिने पदार्थ फेला परेको हुँदा उक्त चरेश र मोटरसाइकल सहित दुबै जना लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी चौकी, ईनर्वा मा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष कुमार बस्नेत ले बताएका छन् ।