दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंजले चेकजाँच गर्ने क्रममा शनिबार दिउँसो करिब ०१:०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १६, भन्सार रोड स्थित बेवारिसे अवस्थामा राखेको मुल्य रु. ६ लाख २० हजार २ सय ३५ बराबरको रेडिमेड कपडा, जुत्ता तथा मुर्ती बरामद गरिएकोमा आईतबार बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

यसै गरी आईतबार दिउँसो ०३:०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. ०२, छप्कैया स्थित भन्सार रोडबाट बीरगंज भन्सार कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय, पर्साको संयुक्त टोलीले घरमा लुकाई छिपाई राखेको अन्दाजी मुल्य रु. ७ लाख २ हजार ९ सय बराबरको कपडा बरामद गरि आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय, पर्सामा बुझाईएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताएका छन् ।