दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १६ पुष । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्सा तथा मातहतका इकाइ द्वारा सोमबार विभिन्न समयमा भन्सार छलि ल्याएको प्याज, कुर्ता सरवाल, थानको कपडा र स्टीलको थाल तथा प्लेट बनाउने कच्चा पदार्थ बरामद गरि आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
बीरगंज महानगरपालिका वडा नं. ०२, भकुवा स्थित गाडि मोबाईल टोलीले भारतबाट अबैध रुपमा भन्सार छली ४ जना ब्यक्तिले टाउकोमा बोकी नेपाल तर्फ ल्याउदै गरेको भन्सार मूल्य रु. ५ लाख ३२ हजार ६ सय बराबरको कपडा बरामद गरेको छ, भने वडा नं. ०१, छटघाट स्थित गाडि मोबाईल टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको भन्सार मुल्य रु. ६९ हजार बराबरको कपडा बरामद गरेको छ ।

यसै गरी पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ०३, झौवा स्थित सीमा ईलाकामा गस्ति टोलिले भारतबाट अबैध रुपमा ४ वटा साईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको भन्सार मुल्य रु. ६१ हजार ९ सय बराबरको स्टीलको प्लेट र थाल बनाउने कच्चा पदार्थ ५ सय ४० के.जी र चार वटा साईकल बरामद गरेको छ ।

साथै वीरगंज महानगरपालिका वडा नं. १९, बर्वा स्थित बाट नं.१३ गण हे.क्वा. पर्सा बाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि प्रदेश २-०३-००१ च ५४८९ नंवर को पिक-अप गाडिमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको मुल्य रु. १ लाख ९८ हजार बराबरको ३ हजार ३ सय के.जी. प्याज र मुल्य रु १५ लाख बराबरको पिक अप गाडि सहित जम्मा मुल्य रु. १६ लाख ९८ हजार बराबरको पिक-अप गाडि र प्याज बरामद गरेको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताएका छन् ।