दीपेन्द्र प्रजापति कालो झोला ।
बीरगंज, ०२ मंसिर । पर्सा जिल्लाको धोबिनी-०२ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरको पेरीमिटर भित्र सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साको आयोजनामा मंगलबार ″सीमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम″ संचालन भएको छ ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अशोक कुमार बमज्युको प्रमुख आतिथ्यता, बिशिष्ट अतिथि स.प्र.बल,नेपाल प्रधान कार्यालय बाट आउनुभएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधब प्रसाद पौडेल, जगरनाथपुर गा.पा.का प्रमुख श्रिकान्त प्रसाद यादव सहभागिता रहेको थियो ।

यसै गरी धोबिनि गा.पा.का प्रमुख मदन प्रसाद चौहान, स.प्र.बल,.नेपाल नं.१३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट , पर्सा जिल्लामा सीमा जोडिएका स्थानिय तह (वडा) का जनप्रतिनिधिहरु लगायत पर्सा जिल्लामा रहेका प्रस्ताबित सीमा सुरक्षा गुल्म, बि.ओ.पि पतिहरु समेत गरी १ सय ५० जनाको सहभागितामा सीमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन भएको थियो ।
उक्त कार्यक्रममा सीमा सुरक्षाका लागि सामुहिक प्रयास गरी समन्वयात्मक ढंगले कार्य गर्ने, सीमामा रहने समुदाय लक्षित विकासका कार्यक्रमहरु संचालन गर्नु पर्ने तथा सीमा ईलाकामा हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि समन्वय एवं सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

साथै कार्यक्रममा धोबिनी-०२ मा रहेका ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण पनि गरिएको थियो ।








