
बीरगंज, ०४ बैशाख । सशस्त्र प्रहरी बल नेपाल ले आईतबार साँझ ०६:१० बजेको समयमा पर्साको जगरनाथपुर गाउँ पालिका वडा नं. ०३ विजबनियामा मजकुर सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीबाट खटिएको टोलि र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट, पिडारी गुठी बाट खटिएको संयुक्त टोलिले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको १६ वटा पाडाहरुलाई आफ्नो नियन्त्रणमा लिई रु. २ लाख ५० हजार ३ सय बराबरको मूल्याङ्कन गरी आवश्यक कार्वाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल ले बताएका छन् ।