बीरगंज, १४ बैशाख । आईतबार बिहान करिब ०९:०० बजेको समयमा जिल्ला पर्सा पकाहामैनपुर गा.पा.५ लक्ष्मीपुरमा मजकुर सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको टोलि र सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. लहावरथकरी बाट खटिएको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ३० हजार बराबरको ७० वटा (१५० के.जि.) प्रतिबन्धित ब्रोईलर कुखुरा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि पशु क्वारेन्टाईनका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरी, स्थानियबासीहरुको रोहबरमा सोही दिन बिहान करिब १०:३० बजेको समयमा कार्यालय परिसर भित्र खाल्डोमा पुरी नष्ट गरिएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल ले बताएका छन् ।

त्यस्तै सोही दिन अपराह्न करिब १२:०० बजेको समयमा पर्साको ठोरी गा.पा. २ ठोरी ईलाकामा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. ठोरीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको मुल्य रु. १० हजार बराबरको ५ सय वटा प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि पशु क्वारेन्टाईनका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरी, स्थानियबासीहरुको रोहबरमा सोही दिन अपराह्न ०१:३० बजेको समयमा कार्यालय परिसर भित्र खाल्डोमा पुरी नष्ट गरिएको कुरा पनि गणपति पोखरेल ले बताएका छन् ।

यसैगरी मंगलबार साँझ करिब ०५:०० बजेको समयमा बबीरगंज महानगरपालिका वडा नं. ८ रेल्व ईलाकामा सुरक्षा बेश वीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. १ लाख १७ हजार बराबरको १० के.जि. राजनीगंधा-तुलसी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बुधबार वीरगंज भन्सार कार्यालयमा बुझाईएको कुरा पनि गणपति पोखरेल ले बताएका छन् ।