
दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, १२ श्रावण । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्सा ले बुधबार राति करिब ११:५० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोक बाट बिल बीजक भन्दा फरक रहेको विभिन्न किसिमका सामानहरू बोकेको एक मालबाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल का अनुसार बिशेष सूचनाको आधारमा यहाँ बाट खटिएको गाडि मोबाईल टोलिले वीरगंज बाट पथलैया तर्फ जादै गरेको अवस्थामा मुल्य रु ३० लाख बराबरको ना. ०६ ख. ९९०५ नम्बरको ट्रक र मुल्य रु ६० लाख ७५ हजार ०४ सय १६ बराबरको उक्त ट्रकमा लोड बिल बिजक भन्दा फरक भएको ईलेक्ट्रोनिक्स सामान, औषधी लगायतका सामानहरु गरि जम्मा रु. ९० लाख ७५ हजार ०४ सय १६ बराबरको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको कुरा गणपति पोखरेल ले बताएका छन् ।