सशस्त्र प्रहरी बल नेपाल पर्साका विभिन्न यूनिट द्वारा ३९ लाख भन्दा बढिको विभिन्न सामानहरु बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०४ मंसिर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ बाट गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कुमार कार्कीको कमाण्डमा खटिएको ०७ जनाको टोलीले पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०३, झौवा स्थित सडक खण्ड मा चेकजाँच गर्ने क्रममा झौवा बाट विरगंज तर्फ आउदै गरेको ना ४ च ६९३५ नम्बरको पिक अप गाडिमा लोड गरी ल्याउदै गरेको कपडा बरामद गरी गाडी सहित भन्सार कार्यालय बुझाउदा मुल्य रु.२७ लाख १३ हजार ९ सय ४० कायम भएको तथा सोही गुल्मले सोही मितिमा मुल्य रु. २ लाख २२ हजार १ सय बराबरको मोटरसाईकल र गाडिको पार्टस समेत नियन्त्रणमा लिई बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

यसै गरी सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा वीरगंज म.न.पा.-२२ जगरनाथपुरमा भारतबाट अबैध रुपमा भन्सार छली टाउकोमा बोकी परवानीपुरतर्फ लैजाँदै गरेको मुल्य रु. २ लाख ५४ हजार ६ सय बराबरको कपडा तथा ईलेक्ट्रोनिक्स सामानहरु नियन्त्रणमा लिई बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

बुधबार नै बी.म.न.पा. वडा नं. १६, भन्सार मेनगेटमा प्र.सि.सु. गुल्म अलौ र प्र.सी.सु. गुल्म बिरगञ्ज पर्साबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको BR 05AV 5983 नम्बरको मो.सा.लाई चेक जाँच गर्ने क्रममा मोसा चालक जिल्ला पुर्वी चम्पारण नुनियाडी पञ्चायत -९ रक्सौल बस्ने अन्दाजी वर्ष २५ को आनन्द कुमारले लगाएको हेल्मेटमा लुकाई छुपाई राखेको नेपाली रुपैया रु. ३ लाख फेला परेकोले उक्त नगद, ब्यक्ति र सो कार्यमा प्रयोग गरिएको मोटरसाईकल को रु. १ लाख ५० हजार सहित नियन्त्रणमा लिई बिरगञ्ज भन्सार कार्यालय मा बुझाएको छ ।

साथै सशस्त्र प्रहरी बल नेपाल बिओपि, अमरपट्टी बाट खटिएको टोलीले पर्सा जिल्लाको विन्दवासिनी गा.पा.-३ स्थित छठियाघाटमा भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको मुल्य रु. २ लाख ७० हजार बराबरको ५ हजार ४ सय गोटा (‌५४ कार्टुन) ब्रोईलर कुखुराको चल्ला बरामद गरी आवश्यक प्रकृया पश्चात नष्ट गरिएको कुरा सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २५ मंसिर । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय, सुवर्णपुर ले आज दिउँसो करिब ०३:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा ९१ किलो…

    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको महाधिवेशन भाड्ने षड्यन्त्र सफल हुन नदिने बताएका छन् । नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरिएको आरोप…

    पहिलो

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    • December 11, 2025
    • 105 views
    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    • December 11, 2025
    • 6 views
    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    • December 11, 2025
    • 9 views
    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    • December 11, 2025
    • 12 views
    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    • December 10, 2025
    • 106 views
    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    • December 10, 2025
    • 14 views
    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट