सशस्त्र प्रहरी बल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको सवारी साधन सहित विभिन्न सामानहरु पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २० मंसिर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ ले विशेष सूचनाको आधारमा बिहीबार बीरगंज महानगरपालिका वडा नं. २१, परवानिपुर बाट भारत बाट अवैध रुपमा मधेश प्रदेश ०३-००१ च ८४९२ नम्बरको टाटा योधामा रु.१ लाख ४० हजार बाराबरको २ वटा लैनो भैषि लोड गरी जितपुर तर्फ लैजादै गरेको अवस्थामा गाडि सहित नियन्त्रणमा लिई उक्त गाडिको मूल्य रु. २२ लाख मूल्यांकन गरी बिरगंजमा भन्सार कार्यालयमा बुझाइएको छ ।

यसै गरी सोही दिन सशस्त्र प्रहरी बल, नेपाल सिमा सुरक्षा गुल्म, भिखमपुर बाट खटिएको टोलिले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०२ बाट भारत बाट अवैध रुपमा भन्सार छलि २ वटा ई-लोडरले रु. २ लाख बराबरको १० वटा नयाँ ब्याट्री बदली गरि ल्याएको अवस्थामा फेला परेको हुदा सो ई-लोडर नियन्त्रणमा लिई रु. ६ लाख मुल्याकन गरी बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

यसै गरी बिभिन्न मिति र समयमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्सा बाट खटिएको टोलीले वीरगंज महानगरपालिकाका बिभिन्न स्थानहरु बाट अबैध रुपमा भारत बाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको मुल्य रु. ६ लाख ६८ हजार ३ बराबरको बिभिन्न सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

सोही क्रममा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि ड्राईपोर्ट बाट खटिएको टोलिले शुक्रबार बीरगंज महानगरपालिका वडा नं. २४, बहुअरी बाट अबैध रुपमा भारत बाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको मुल्य रु. १ लाख ३१ हजार ८५ बराबरको मोटरसाईकल सहित किराना सामान र सोही मितिमा सीमा सुरक्षा गुल्म बीरगंज बाट खटीएको अर्को टोलिले बीरगंज महानगरपालिका वडा नं. १६, रेल्वेरोड बाट रु. ४९ हजार ३ सय बराबरको जुता-चप्पल र कपडा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

साथै सशस्त्री प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुर मातहत रहेको FOB आश्वारी बाट शनिबार खटिगएको टोलिलाई देखि भारत बाट अबैध रुपमा भन्सार छली १ जना ब्यक्तिले मोटरसाईकलमा राखि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु.२० हजार बराबरको २० रोल नेटको तार बरामद गरी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामा दोस्रो विश्व व्यापी बौद्ध शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ माघ । नयाँ दिल्ली मा यही जनवरी २४-२५ मा दोस्रो विश्वव्यापी बौद्ध शिखर सम्मेलन (GBS) आयोजना हुदैछ, अन्तर्राष्ट्रिय बौद्ध महासंघ (IBC) ले केन्द्रीय संस्कृति…

    काँग्रेस विवाद: डा. शेखर कोइराला पक्ष सर्वोच्च गएन, रणनीति बनाउन बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला गगन थापा नेतृत्वको काँग्रेससँग सहकार्य गर्ने संकेत गरेको छ । एकपछि अर्को नेताहरु गगन पक्षमा खुल्न लागेपछि दबाबमा रहेको कोइराला पक्षले आगामी रणनीति…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 26 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 15 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 32 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 14 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 3 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 11 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट