दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १३ पौष । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती ईलाका बाट हुने चोरी तस्करी तथा लागु औषध ओसारपसारका घटनालाई नियन्त्रण गर्ने आफ्नो अभियानलाई तिव्रता दिदै आईरहेको छ । सीमा ईलाकामा प्रभावकारी सुरक्षा परिचालन मार्फत कडा निगरानी राख्दै जुनसुकै सीमा अपराध नियन्त्रण गर्ने कार्यमा दत्तचित्त भई लागिरहेको छ ।
सोही क्रममा शनिबार पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं. ०५, मनिहर्वा चोकमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश, पोखरीया बाट सशस्त्र प्रहरी नायब उपरीक्षक. शम्भु कटुवालकों कमाण्डमा रहेको मोबाईल गस्ति टोलीले चेक प्वाईन्ट थापि चेक जाँच गर्ने क्रममा नेपाल बाट भारत तर्फ लैजाँदै गरेको प्रतिवन्धित लागु औषध गाँजा सहित दुई वटा मोटरसाइकल र दुई जना मानिस लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
चेक जाँच कै क्रममा पर्सा जिल्ला कै पकाहामैनपुर गाउँपालिका वडा नं. ०५, सबैठवा बस्ने अंदाजी बर्ष ४३ को रबिन्द्र महतो सवार BR 22 U 1178 नंम्बरको मोटरसाईकलको डिकिमा लुकाई छिपाई राखेको अंदाजी ५ के. जी. र भारतको जिल्ला बेतिया, बेहरा झुम्का-१४ घर भएका अंदाजी बर्ष ३७ को अशोक महतो सवार BR 22 A 5302 नम्बरको मोटरसाईकलको सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा अंदाजी ४ के. जी. ३ सय ग्राम लागु औषध गाँजा गरि जम्मा ९ के. जी. ३ सय ग्राम फेला पारेको हुँदा उक्त लागु औषध गाँजा र दुबै मोटरसाईकल सहित निजहरुको साथमा रहेको मोबाईल २ थान, भारतीय रुपैया १ हजार ४ सय ५० सहित निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीमा बुझाएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन ले बताएका छन् ।







