दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ३१ जेष्ठ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंजले बुधबार दिउँसो करिब ०२:४० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर मा भारत बाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको अंदाजी मुल्य रु. २५ लाख २५ हजार ६ सय बराबरको लता-कपडा, स्मार्ट घडी तथा एयर पट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया ले बताएका छन् ।