दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २९ असार । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, सुगौली बिर्ता मातहत पर्ने एफ. ओ. बी., आई. सी. पी. अलौं बाट खटिएको गाडी मोबाइल टोलीले ले विशेष सूचनाको आधारमा शुक्रबार वीरगंज महानगरपालिका वडा नं. २५, चण्डाल चौक स्थित सडक खण्ड बाट विल विजक भन्दा बढी एवम् फरक माल सामान रहेको तीन वटा मालबाहक ट्रक लाई आई. सी. पी. बाट बीरगंज तर्फ जाँदै गरेको अवस्थामा ना. ६ ख २३३५, ना. ६ ख ४४४६ र बा. प्र. ०३-००१ ख १९९७ नम्बरको मालवाहक ट्रक र विलमा उल्लेख भएको मुल्य रु. १ करोड २१ लाख २२ हजार ८ सय ३७ बराबरको ६८ के. जी. भटमास, किसमिस, सिरानी र पर्दाकको नेट कपडा लगायत बिलमा उल्लेखित आईटमका सामानहरु सहित नियन्त्रणमा लिई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष कुमार बस्नेत ले बताएका छन् ।