
दीपेन्द्र प्रजापति कालो झोला ।
बीरगंज, १३ श्रावण । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश, पोखरीया बाट सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीको कमाण्डमा खटिएको टोलिले पोखरिया नगरपालिका वडा नं. ०१, बनकटवा मा आकस्मिक चेक जाँच गर्ने क्रममा नेपाल बाट भारत तर्फ जादै गरेको BR 22 AB 1292 नम्बरको मोटरसाईकल तथा त्यसमा सवार एक जना भारतिय नागरिकलाई चेक जाँच गर्दा मोटरसाइकल को डिक्की र सिट कभर मुनि राखि लुकाई छुपाई ल्याएको १२ किलो चरेस भेटिएकोले मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आह ईलाका प्रहरी कार्यालय, पोखरीयामा बुझाएको छ ।

साथै सोहि दिन सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुर बाट खटीगएको टोलिले जगरनाथपुर गाउँपालिका वडा नं. ०२, दसौता बोर्डर ईलाकामा आकस्मिक चेक जाँच गर्ने क्रममा नेपाल बाट भारत तर्फ जाँदै गरेको BR 22 BJ 3895 नम्बरको मोटरसाईकल र त्यसमा सवार दुई जना भारतिय नागरिकहरुलाई चेक जाँच गर्दा निजको झोलामा ४ किलो प्रतिवन्धित लागु औषध गाँजा भेटिएकोले निजहरुलाई मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आज ईलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।