सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा भन्सार छलीका लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामान, हुन्डीको नगद र भारतिय कार सहित दुई जना मानिसलाई भन्सार दाखिला-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३१ भदौ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्सा बाट खटीएको टोलिले सोमबार बीरगंज महानगरपालिका वडा नं. १५ स्थित रहेको प्रतिमा चोकबाट भन्सार छलि ल्याई बिभिन्न सार्वजनिक सवारी साधन (बस) हरुमा लोड गरी लुकाई छिपाई काठमाण्डौ तर्फ लैजादै गरेको रु. ११ लाख ५८ हजार ७ सय ७० बराबरको खजुर, कपडा तथा बिभिन्न किसिमका ईलेक्ट्रोनिक्स सामनहरु बरामद गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

यसै गरी आजै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंज बाट खटीएको टोलीले  रु. १ लाख ३० हजार बराबरको भन्सार छलीका सामान बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

यसै गरी सोहि गुल्म बाट खटीएको टोलीले  प्रज्ञापन पत्र एवं सुबिधा पास समेत नभएको MP 04 CK 7441 नंबरको भारतिय सवारी साधन कारलाई बीरगंज महानगरपालिका वडा नं. १६, भन्सार मेन गेट नजिक बेवारिसे अवस्थामा पार्किङ् गरी राखेको अवस्थामा नियन्त्रणमा लिई मुल्य रु. ४० लाख भन्सार मुल्याङ्कन गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

साथै आजै नै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंज बाट खटीएको चेक प्वाइन्ट डिउटी टोलीले बिरगंज महानगरपालिका वडा नं. १६, भन्सार मेन गेट स्थित चेकप्वाईन्ट बाट भारत बाट नेपाल तर्फ आउदै गरेको ना ५४ प ९६८४ नम्बरको मोटरसाइकल लाई शंका लागि चेक जाँच गर्दा उक्त मोटरसाइकल मा सवार बीरगंज महानगरपालिका वडा नं. ०२ बस्ने अन्दाजी बर्ष ५० को पुरुष र सोही ठाउँ बस्ने अन्दाजी बर्ष ४५ की महिलाले झोला र कम्मरमा लुकाई छिपाई बिरगंज तर्फ ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया रु. ८ लाख भेटिएकोले उक्त नगद सहित मोटरसाइकल को रु. २ लाख मूल्यांकन गरि ब्यक्तिहरु समेत लाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।

  • Related Posts

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म, अलौ ले आज लाखौं मूल्य बराबरको विभिन्न किसिमका लता कपडा सहित एउटा मोटरसाइकल पक्राउ…

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २९ बैशाख । वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानहरूमा वर्षौंदेखि जथाभावी रूपमा थन्काइएका बेवारिसे सवारी साधन तथा संरचनाहरू हटाउने अभियानलाई थप तीव्र बनाएको छ । सडक, फुटपाथ…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    • May 13, 2025
    • 9 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    • May 12, 2025
    • 22 views
    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    • May 10, 2025
    • 33 views
    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    • May 8, 2025
    • 49 views
    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    • May 7, 2025
    • 36 views
    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    • May 7, 2025
    • 37 views
    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-