दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १६ मंसिर । सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरी को संयुक्त टोलीले पर्सा को ग्रामिण भेगमा लगाईएको प्रतिबन्धित गाँजा खेती शनिबार बिहान ०८:३० बजे देखि ११:०० बजे सम्म खटि फडानी गरी नष्ट गरेका छन् ।

यसैगरी प्रहरी चौकी, सुवर्णपुर बाट खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका वडा नं. ०५ मा ११ कठ्ठामा लगाईएको ५ सय बोट, प्रहरी चौकी, विज्यबस्ती बाट खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका वडा नं. ०४ मा ४ कठ्ठामा लगाईएको २ सय बोट तथा प्रहरी चौकी, महादेवपट्टी बाट खटिएको प्रहरी टोलीले जिराभवानी गाउँपालिका वडा नं. ०१ मा १० धुरमा लगाईएको ३ सय ५० बोट गरि जम्मा १५ कठ्ठा १० धुर जग्गा मा लगाईएको ७ हजार ३ सय ५० बोट फडानी गरी नष्ट गरिएको तथा संबन्धित जगाधनीहरुलाई आवश्यक कारवाही गर्नको लागि खोज तलास भई रहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।