
दीपेन्द्र प्रजापति कालो झोला ।
सप्तरी, ०५ भदौ । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेस, कोशी ब्यारेज ले विशेष सूचनाको आधारमा आईतबार राति करिब ०२:५० बजेको समयमा झारीमा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध गाँजा २ सय ४० किलो ग्राम पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरी का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर का अनुसार उक्त दिन त्यस बेस बाट सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमाण्ड मा खटिएको ७ जनाको मोटरसाइकल टोलीले ह. क. न. पा. वडा नं. ०१, कोशी ब्यारेज स्थित वटेर घारीमा चेक जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा राखेको लगभग २ सय ४० किलो ग्राम (९ पोका) प्रतिबन्धित लागुऔषध गाँजा यस बेसमा ल्याई राखिएको छ, भन्ने आवश्यक कारवाहीको लागि आजै बिहान करिब १०:३० बजे जिल्ला प्रहरी कार्यालय, सप्तरीमा बुझाइएको कुरा पनि बाहिनीपति मगरले बताएका छन् ।