
दीपेन्द्र प्रजापति कालो झोला ।
बीरगंज, ०३ असार । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस, भारदह, सप्तरी ले आज बिहान करिब ०७:३० बजेको समयमा सप्तरी जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिका वडा नं. ०१, कोशी ब्यारेज स्थित बाट एक भारतीय मालवाहक ट्रक सहित चालक र सहचालक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी का सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर ले दिनु भएको जानकारी अनुसार पूर्व बाट पश्चिम तर्फ आउँदै गरेको UP 75 M 3695 नम्बरको भारतीय मालवाहक ट्रक लाई शंका लागि त्यस बेस बाट खटि गएको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ को ०७ जनाको मोबाइल गस्ती टोलीले चेक जाँच गर्दा आवश्यक कागजपत्र नभएको रु. ५७ लाख ७० हजार ०८ सय बराबरको रिफाईन्ड पाल्मोलिन आयल १ हजार ०५ सय टीन, र उक्त ट्रकको अन्दाजी मुल्य रु. ५५ लाख गरि कुल जम्मा रु. १ करोड १२ लाख ७० हजार ०८ सय बराबरको सामानको साथै भारतको कानपुर, देहातका चालक वर्ष ३० को अवध बाबु र सहचालक वर्ष २३ को धिरज कुमार लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय, सप्तरी मा पठाईएकोमा आजै दिउँसो करिब ०३:०० बजेको समयमा राजबिराज भन्सार कार्यालय ले रु. १ करोड ०९ लाख ९६ हजार मूल्याङ्कन गरेको कुरा सशस्त्र प्रहरी नायब महानिरीक्षक ठाडा मगर ले बताएका छन् ।