
-दीपेन्द्र प्रजापति/कालो झोलो ।
बीरगंज, २७ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालय बाट खटएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा मंगलबार वीरगञ्ज महानगरपालिका वडा नं. १०, बजरंगटोल स्थित सुधा कुञ्ज लेखिएको ३ तले पक्की घरको ग्राउण्ड फ्लोरमा भाडामा लिई धिरज रौनियारले भारत बाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई गोदाम गरी भण्डारण गरी राखेको अवस्थामा मूल्य रु. ७ लाख ७० हजार ५ सय बरावरको कपडाहरु तथा BR 05 U 4530 नम्बरको SUPER SPLENDOR भारतीय मोटरसाईकल भेटाएको हुँदा उक्त मोटरसाईकलको रु.१ लाख ५० हजार मुल्याङ्कन गरी कपडा सहित मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।
यसै गरि सोही गुल्मले सोहि दिन वीरगञ्ज महानगरपालिका वडा नं. १० तथा १६ स्थित बिभिन्न सीमा नाकाहरु बाट रु. २ लाख ४८ हजार १ सय बरावरको कपडाहरु र मसलाहरु समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।
साथै मंगलबार नै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ बाट खटिएको टोलीले बिन्दवासिनि गाउँपालिका वडा नं. ०५ स्थित प्रसौनि नाका भएर भारत बाट अबैध रुपमा भन्सार छलि BR 22 T 1432 नम्बरको मोटरसाईकल मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. २३ हजार ३ सय ८० बराबरको किराना सामान सहित मोटरसाईकल नियन्त्रणमा लिई उक्त मोटरसाईकल को रु. १ लाख ८० हजार मुल्याङ्कन गरी जम्मा रु. १३ लाख ७१ हजार ०९ सय ८० बराबरको आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताएका छन् ।