सशस्त्र प्रहरी बल पर्सा का विभिन्न ईकाईहरु द्वारा मोटरसाईकल सहित रु.१७ लाख बराबरको विभिन्न सामानहरु तथा पशुचौपाय बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ३० कार्तिक । सशस्त्र प्रहरी बल नेपाल बी. महादेव पट्टी ले विशेष सूचनाको आधारमा आईतबार पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. ०१, बलुवा बस्ने मुस्तुफा मियाँको घर बाट ठूलो परिमाणमा मोबाइल फोन बरामद गरेको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको टोलिले मुस्तुफा मियाँको घर भित्र भारत वाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याई राखेको अवस्थामा मुल्य रु. ९ लाख बराबरको १५ कार्टुन ४ सय ५०पिस लावा कम्पनी को किप्याड मोवाईल फोन नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

यसै गरी सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय ,पर्सा बाट खटिएको टोलीले बीरगंज महानगरपालिका वडा नं. ०२, भकुवा स्थित भारत बाट अबैध रुपमा भन्सार छलि BR 29 T 9411 नंवर को भारतीय मोटरसाईकलमा लोड गरी परवानीपुर तर्फ लैजाँदै गरेको मुल्य रु.३ लाख ८० हजार ४ सय २० बराबरको कपडा, किराना तथा सो कार्यमा प्रयोग गरिएको मोटरसाईकलको रु. १ लाख गरी आवश्यक कार्वाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाएको छ ।

साथै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज बाट खटिएको टोलिले बीरगंज महानगरपालिका वडा नं. १६ को सीमा ईलाका बाट मुल्य रु. ३ लाख २१ हजार ४ सय २० बराबरको कपडा, किराना सामान र पशुचौपाया तथा प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ बाट खटिएको टोलीले बिन्दवासिनि गाउँपालिका वडा नं. ०५, झौवा बाट मुल्य रु.११ हजार बराबरको तोरी समेत नियन्त्रणमा लिई आईतबार नै आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाइएको कुरा नं. १३ गण मुख्यालय, पर्सा का सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ पौष । प्रहरी चौकी, सिर्सिया, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार राति करिब ०८:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा सहित पिक अप गाडी…

    पर्सा मा चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका गणपति भट्ट द्वारा अभियान तिब्र-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले यस चालु आर्थिक बर्ष २०८२/०८३ को ५ महिनाको अवधिमा रु. १३ करोड…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 108 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो